बनेपा/क्षितिज इङ्गलिस बोर्डिङ स्कुलले २०८१ को एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
कार्यक्रम विद्यालयका संस्थापक संरक्षक गोविन्दलाल प्रधानाङ्गको प्रमुख आतिथ्यता तथा सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । विद्यालयबाट एसईई दिएका ४५ जना विद्यार्थीहरुनै उच्चतम् जीपीए ल्याई उत्तिर्ण भएका थिए । विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले विद्यार्थीहरुले उच्चतम् ३.८५ र न्युनतम ३.२४ जीपिए ल्याएका बताए ।
२०६६ सालमा १९ जनाले एसएलसी दिएका विद्यालयमा हालसम्म निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको पौड्यालले बताए । कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ, सञ्चालक समिति सदस्य पूर्णिका प्रधानाङ्ग, प्रिन्सिपल लिलाधर पौड्याल, राजेन्द्र कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा एच्छिक गणित शिक्षक सुनिता लामालाई सम्मान गरिएको थियो । लामाको बिषयमा ३८ जना विद्यार्थीले ४ जीपिए ल्याएका थिए । विद्यार्थीहरुलाई थप उच्च शिक्षाको लागी शुभकामना व्यक्त गरिएको छ ।
तस्बिरहरुः

Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.